काठमाडौं – घटना १ : गत आईतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधनभयो ।
घटना २ : गत कार्तिक ३ गते कास्की र मनाङमा गरी दुई पर्यटकको हृदयघातका कारण असामयिक निधन भयो ।
घटना ३ : तनहुँको ब्यास नगरपालिका १० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको हृदयघातका कारण मृत्यु भयो ।
घटना ४ : करिब २ वर्ष पहिला कोरिया पुगेका दोलखा गौरीशंकर गाउँपालिका ९ घर भई दक्षिण कोरियाको जिन्जुमा कार्यरत आङकामि शेर्पाको शुक्रबार बिहान हृदयघातका कारण मृत्यु भयो ।
घटना ५ : उता भारतको इलाहाबाद उच्च अदालतमा बहस गरिरहेका अमूल्य रतन श्रीवास्तव नाम गरेका वकिल हृदयघात भई मृत्युवरण गरे ।
घटना ६ : केहि समय अगाडी चीन भ्रमणमा गएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भयो ।
हार्टअट्याक अर्थात् हृदयघातको खतरा जहिलेपनि जो कोहिलाई पनि र जुनसुकै स्थान , समयमा हुनसक्छ । तर माथिका केहि घटनालाई केलाउने हो भनेपनि वैज्ञानिकले पुष्टि गरेको कुरासँग मेल खान्छ । हो, गर्मीको तुलनामा जाडोमा हृदयघातको कारण मृत्युको जोखिम बढी हुने गर्दछ ।
विशेषज्ञहरुका अनुसार गर्मीमा भन्दा जाडोमा हृदयघात हुने सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन् । त्यसैले त हामी समाचारमा सुन्छौँ राति सुतेकै ठाउँमा मानिसको मृत्यु भनेर ।
यो किन हुन्छ ?
चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ । यसो हुँदा शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुमा समेत यो समस्या व्यापक रुपमा देखिन थालेको छ । आजकाल मानिसहरुको अस्तव्यस्त जीवनशैलीले गर्दा हृदयघातको जोखिम बढ्दो छ । खानपानमा ध्यान नदिनु र आवश्यक शारिरिक व्यायमको नगर्नु त्यसैगरी प्रदुषित वातावरण हृदयघातको प्रमुख कारण हो ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिस हृदयघातका कारण मर्ने गर्छन् । हृदयघातका लक्षणहरु
हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन् । त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बँच्न सकिन्छ । हृदयघात हुनु अघि देखिने लक्षणबारे यहाँ चर्चा गरिएको छ ।
१. छाती वा पिठ्यूँमा अत्यधिक पीडा हुनु।
२. रिँगटा लागेजस्तो हुनु
३. खुट्टा सुन्निनु
४. थकान महसुस हुनु
५.अपच हुनु वा वान्ता हुनु
६. सास फेर्न कठिन हुनु
७.टाउको, गर्दन वा दाँत दुख्नु
८.बेचैन हुनु, तनाव हुनु र रिंगटा लाग्नु
९. जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु
१०. जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु
यदि यस्ता लक्षणहरु देखा परे बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ।
हृदयघातबाट बच्ने उपाय के छ ?
१. स्वस्थ भोजन : प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।
२. नियमित शारिरिक कसरत र व्यायाम गर्नुहोस् : दैनिक रूपमा ३० मिनेट ९आधा घण्टा० मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।
३. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस् : सूर्ति र तमाखु, सिगरेट ९चुरोट०, सिगार अथवा खैनी(सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड(ह्यान्ड धूम्रपान ९अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु०को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।
४. मुटुका केही रोगहरू : जस्तै( उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।
५. सकारात्मक सोँच राख्नुहोस् : तपाई जति सकारात्मक हुनुभयो त्यति नै स्वस्थ जीवन बिताउन सक्नुहुन्छ । – एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया