न्यूजिल्याण्ड, ५ माघ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डनले समाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो पहिलो भने हइन यसअघि यसअघि १९९० मा पाकिस्तानको प्रधानमन्त्री बेनेजिर भुट्टोले हुँदा बच्चालाई जन्म दिएकी थिइन् उनले बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले आफ्नो पदको जिम्मेवारी सम्हाल्ने पनि बताएकी छन् ३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन् शुक्रबार प्रधानमन्त्री आर्डनले आफ्नो सामाजिक सञ्जालमा आफू गर्भवती भएको घोषणा गरेपछि उनलाई धेरैले समर्थन जनाएका छन् प्रधानमन्त्री आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने बताइन् । उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, “हामीलाई लाग्यो कि सन् २०१७ महत्वपूर्ण वर्ष हो ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया