सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ प्लस एकाउन्ट’ शुरुवात, १० लाखसम्मको बीमा गरिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाताको शुरुवात गरको छ जसको नाम सेञ्चुरी सेभिङ प्लस एकाउन्ट दिइएको छ । उक्त खाता न्यूनतम मौज्दात ५० हजार रहनेछ । साथै बैंकले वार्षिक ६ दशमलव ५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेछ । बैंकका अनुसार १० लाखसम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ ।

साथै बैंले अन्तर बैंकि कारोबारका लागि लाग्ने रकम समेत कट्टा गरेको छ । जस अनुसार खातावालाले अन्य जुनसुकै बैंकको एटीएम बाट पैसा निकाल्दा कुनैपनि शुल्क लाग्नेछैन् । यसका साथसाथै बैंकले निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छुट समेत व्यबस्था गरेको छ । साथै उक्त खाताको उद्घाटन एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गर्नुभएको हो ।

बैकले मुलुकभर ११३ वटा शाखा कार्यालय तथा १० वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?