काठमाडौं । बजाज मोटरसाइकले आफ्नो बजार बिस्तारको क्रममा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनीले अत्तरिया, कैलालीमा सुविधासम्पन्न आधुनिक शोरुम ‘रुद्र अटोमोटिभस्’ को शुरुवात गरेको हो । नयाँ शोरुम मार्फत बजाजले ग्राहकहरुलाइ उच्चस्तरिय सेवा दिने साथै बजाजको सेल्स, सर्भिस तथा स्पेयर्स देशभरि नै उपलब्ध गराउने उदेश्य राखिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमले मुलुकभरका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै बजाजको बजारीकरणमा थप सेवा पुर्याउन मद्धत गर्ने विश्वास कम्पनीले लिएको छ ।
हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि का जनरल म्यानेजर योगेन गुरुङ्गले शोरुमको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले बजाजका ग्राहकहरु बढ्दै जानुले आफूहरुको जिम्मेवारी समेत बृद्धि भएको महसुस भइरहेको बताउनुभएको छ । साथै भोलीका दिनहरुमा बजाजले नेपालीहरुको जीवनमा सहजता ल्याउन मद्धत गर्ने बिश्वास समेत लिएको धारणा व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया