काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ ।
पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । तेक्वाङ्दोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ ।
५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ८ पदक रहेका छन् । नागदह तेक्वाङदो डोजाङ्गको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया