काठमाडौंं । सिन्धु बिकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको २६८ औँ बैठकले आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफा तथा वितरण योग्य अन्य कोषबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
साथै हाल बैंकको कुल चुक्ता पुँजी ५० करोड २७ लाख रहेको बैंकले जनाएको छ । जस अन्तर्गत ११ दशमलव ५१३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ० दशमलव ५७५ प्रतिशत नगद गरि कुल १२ दशमलव ९ प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गरेको छ । साथै उक्त प्रस्ताव पारित भने नेपाल राष्ट्र बैंकको अनुमति पछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया