सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या

२०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । एएफपीका अनुसार ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ ।
हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्लेख गरिएको छ । विषेशगरी द्वन्द्व जारी रहेको मुलुकहरु यमन, सिरिया र अफगानिस्तान पत्रकारको हत्याका घटनामा कमी आएको देखिएको छ । पेरिसमा कार्यालय रहेको पत्रकारिता सम्वन्धी अध्ययन अनुसन्धान गर्ने संस्थाले पत्रकारिता अझै पनि जोखिमपूर्ण पेशाको रुपमा रहेको जनाएको छ । एक वर्षमा ८० पत्रकारले जीवन गुमाउनु पछिल्लो दुई दशकको औसत संख्या भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?