आखिर किन खान्छन् यी बच्चा आफ्नै मासु ?

काठमाडौं । विश्वमा अनेक प्रकारका गतिविधिहरु भईनै रहन्छन् । हामीमा आ—आफ्ना बिशेषताहरु हुने गर्छन् । तर केहि मानिसहरुमा भने असाधारण बिशेषताहरु हुने गरेका छन् । कोहि रोगकाकारण त कोहि जन्मजातै फरक प्रकारको व्यवहार देखाउने गर्छन् । अहिले सामाजिक सञ्जालमा एउटा यस्तै घट्ना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

वासिङटनमा बस्दै आएका वाले डेबि नाम गरेका एक बच्चाआफ्नै मासु खाने गर्छन् । लेच न्यहान स्यान्ड्रोम नाम रोगका कारण उनी आफ्नै शरिरको मासु खाने गर्छन् । उनी आफ्नै ओठ, जीब्रो तथाहातको मासु खाने गरेका हुन् । बच्चाकी आमाका अनुसार डेबि १ वर्ष ४ महिनादेखि नै आफ्नै शरिरको मासु खाने गर्थे । त्यो बेला यो रोग हो वा के हो भन्ने कुरा कसैलाई थाहा नभएको उनकी आमाले बताईन् । तर यो रोग ३ लाख ८० हजार मानिसहरुमध्ये एकलाई लाग्छ । डेबी उक्त रोगका साथै आफ्नै मासु खाने गर्दा कमजोर हुन थालेका छन् । उनका मातापिता उनलाई ग्यास्ट्रो इन्टसटेनियल ट्युबको सहयोगमा खाना खुवाउँछन् ।

डेबिआफ्नो अँगहरुको मासु त खान्छन् नै तर उनको धेरै नजिक जानेहरुलाई पनि उनी टोकिदिन्छन् र मासु लुच्छन् । आफ्नो छोरोलाई बँचाउनको लागि उनका आमाबुबाले उनको हात बाँधिदिएका छन् । साथै उनको खुट्टलाई पनि ढाकिदिएका छन् । पिताका अनुसार डेबि यदि आफ्नो अंग खान लागेको खण्डमा रबर मुखमा हालिदिने गरेको बताउँछन् । उनकाआमाबुबाकोहि एक प्रत्येक पलउनकै साथमा रहन्छन् । डेबिलाई अहिले स्कूल पनि लग्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?