काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा अपराजित २ टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबिचको खेल शुुरु भएको छ।
पोखरा रंगशालामा भईरहेको खेलमा चितवन राइनोज पारस खड्काको र बुुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रिएको छ ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो भने बुटवल ब्लासटर्सले पनि काठमाडौँ गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित हात पारेको थियो ।
दुई टोलीले तालिकामा समान २ अंक जोडेका छन् । रन रेटको आधारमा चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ ।
गत संस्करणको पीपीएलको फाइनलमा पुगेको चितवनलाई यस पटकको उपाधि दाबेदार टिम मानिएको छ ।
तुलनात्मक हिसाबमा चितवन निकै बलियो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया