काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा तीन खर्बभन्दा बढि रेमिट्यान्स भित्राएको पाइएको छ । विश्वका बिभिन्न देशहरुमा रहेका नेपालीहरु मार्फत सरकारले तीन खर्ब चार अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा नेपाल भित्राएको हो । तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो २ दशमलव ३ प्रतिशतले कमि भएको छ । साथै अघिल्लो आर्थिक वर्षको सोही अवधीमा भने रेमिट्यान्स आप्रवाह भने ३६ दशमलव ४ प्रतिशतले बृद्धि भएको थियो ।
बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको यस अवधीसम्ममा नेपालबाट बिदेश जाने संख्या ५ दशमलव ६ प्रतिशतले बढेको देखिएको छ । तर अघिल्लो वर्षको सो अवधीमा करिव ३९ दशमलव ४ प्रतिशतले घटेको थियो ।
साथै समिक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति २ दशमलव ५ प्रतिशतले घटेको छ । जसबाट तीन खर्ब ४४ अर्ब ८ करोड बराबरको रकम कायम हुन आँउदछ । तर अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर प्राप्ति ३३ दशमलव ६ प्रतिशतले बृद्धि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया