काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश वितरण गर्नका लागि प्रस्ताव पेश गर्न लागेको छ । बैंकको ६० औँ वार्षिक साधारणसभा आगामी पौष २५ गते बस्न लागेको छ । उक्त साधारण सभा मार्फत बैंकले लाभांश पारित गर्न लागेको हो । बैंकले बिहीवार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
बैंकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । जस अन्तर्गत बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बोनस सेयर वितरण गर्न लागेको हो । भने ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको बैंकले जनाएको छ ।
हाल नेपाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । साथै बोनस वितरणपछि भने उक्त पुँजी बढेर ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैँया पुग्नेछ । बैंकले सभा प्रयोजनको लागि भन्दै पौष १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैंकले अधिकृत पुँजी १० अर्बबाट बढाएर १५ अर्ब पुर्याउने लक्ष्य राखेको छ । बैंकले आफ्नो साधारणसभामा आर्थिक वर्ष २०७५ ७६ को नाफा९नोक्सान, वासलात तथा बैंकको नगद प्रवाहसम्बन्धि बारेमा समेत छलफल गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया