त्रिविको ४५औं दीक्षान्त समारोह, कति भए दीक्षित ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन् ।

पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् ।

यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

त्यसैगरि कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् ।

यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् । त्रिविले विभिन्न संकायमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ । समारोहमा सहभागि सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडी बढाउन पहल भएरहेको बताउनुभयो । समारोहमा बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमानको पनि सहभागिता रहेको थियो । यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?