काठमाडौं । पेप्सी उत्पादक कम्पनीलाइ भ्याट छलिको आरोपमा मुद्धा परेको छ । नेपालमा वरुण वेभरेजले पेप्सी उत्पादन गर्दै आइरहेको छ । राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध भ्याट छलीको अभियोगमा मुद्दा दायर गरेको हो ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी राज्यलाई नोक्सान पुर्याएको भन्दै विभागले वेभरेजका अमित गुप्तासहित ७ जना मुद्धा दर्ता गराएको हो ।उनीहरुले राज्यलाइ १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ हानि नोक्सानी गराएको आरोप छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दै उनीहरुलाई करिब २ अर्ब रुपैयाँ जरिबानासहित ३ वर्ष कैद सजायको माग गरिएको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।
महानिर्देशक मैनालीका अनुसार वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रोहित कोहली, प्रविणकुमार अग्रवाल, रविकान्त जयपुरिया, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवानासहित ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया