कुन राशिका मानिसहरु कुन क्षेत्रमा सफल हुन्छन् ? थाहा पाइराख्नुहोस्

-ज्योतिषी दुर्गा भण्डारी

कुनै पनि मानिस जन्मँदै गर्दा यस अन्तरिक्षमा आ-आफ्नो अक्ष वा कक्षमा घुम्ने ग्रह, नक्षत्र, राशि, योगिनी ग्रह तथा अन्य थुप्रै ताराहरुको प्रभाव पर्दछ । ग्रहको प्रभाव प्रत्येक व्यक्ति तथा राशि अनुसार फरक-फरक हुने गर्दछ ।

मेष, बृश, थुन, कर्कट, सिंह,कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ र मीन राशि हुन्छन् । राशि अनुसार व्याक्तिको स्वाभाव,गुुण र उनीहरुले गर्ने कामहरु पनि फरक फरक हुने गर्दछ ।
जस्तै मेष राशिलाई जे काम गर्न मन पर्दछ बृष राशिलाई त्यो काम मन पर्दैन वा स्वाभाव फरक हुन्छ । आज हामी तपाईँहरुलाई राशि अनुसार मानिसको स्वाभाव र कुन राशिका मानिसहरु कुन क्षेत्रमा सफल हुन्छन् वा राशिअनुसार मानिसको रुचि के हुन्छ त्यसको व्याख्या गर्न गईरहेका छौँ ।

मेष – Aries-

मेष राशि अन्तरिक्षमा ० डिग्री देखि ३० डिग्रीमा अवस्थित पहिलो राशि जसको मालिक मंगल हो । मेष राशि हुने मानिसहरु मध्यम उचाई, मजबुज मांशपेशी, तिखा आँखा तथा गहुगोरो बर्णका हुन्छन् । स्वभावत मेष राशिका मानिसहरु सधैँ सक्रिय, महत्वकाँक्षी,साहशी तथा स्वतन्त्र, बैज्ञानिक बिचारधाराको प्रतिनिधित्व गर्ने खालका हुन्छन् । मंगल ग्रहलाई राज्यमा फौजी तथा सेनापतिको दर्जा दिएको छ । मेष राशिका मानिसहरुमा साहश, पराक्रम तथा अत्याधिक उर्जा हुने हुनाले यिनीहरु सेना, प्रहरी ,डाक्टर, पाईलट, फलाम सम्बन्धी कामहरु, होटल रेष्टुरा तथा जमिन तथा माटोको ब्याबसायमा सफल भएको पाईन्छ । नेतृत्व लिने क्षमता अत्याधिक हुने हुनाले स्वभावत घमण्डी तथा कडा स्वाभावका हुन्छन् । कुनै पनि काम शुरु गरेपछि त्यसलाई फत्ते गर्नै पर्छ भन्ने मान्यता राख्ने स्वभाबका कारण जीवनमा यिनीहरु सफल हुन्छन् ।

बृष-Taurus-

बृष राशि पृथ्वी तत्व भएको, स्थिर स्वभावको अन्तरिक्षकामा ३० डिग्री देखि ६० डिग्रीको बीच अवस्थित दोस्रो राशि हो । बृष राशि हुने मानिसहरु घमण्डी तथा महत्वकांक्षी, सामान्यत मोटो शरीर तथा सुन्दर आँखा भएका हुन्छन् । बृष राशिको मालिक शुक्र भएकाले शुक्र सुन्दरता तथा प्रेमको प्रतिक पनि हो । राम्रो लाउन तथा मिठो खानका सौखिन भएकोले यिनीहरु खर्चालु स्वाभावका हुन्छन् । यिनीहरु अरुभन्दा सुन्दर ,मायालु स्वभाव तथा कामुक हुन्छन् । राज्यमा शुक्रलाई मन्त्रीको पद प्राप्त भएकोले पर्यटन, कमर्श,वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रमा विशेष रुचि राख्ने खालमा हुन्छन् । गीत संगीतमा विशेष रुचि हुने यिनीहरु चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिल्म,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा बिलासी जीवन ब्यातित गर्ने स्वभावका हुन्छन् ।

मिथुन-Gemini-

मिथुन राशि अन्तरिक्षमा ६० डिग्री देखि ९० डिग्रीको बीचमा अवस्थित, वायू तत्व प्रधान राशि हो । मिथुन राशि हुने मानिस लामो तथा पातलो शरीर भएका र उनीहरुको शरीरमा स्पष्ट नशाहरु देख्न सकिन्छ । विशेष गरि गणित तथा बिज्ञान बिषयमा रुचि राख्दछन् । बुधग्रह मुलत बाणीसँग सम्बन्ध राख्दछ । मिथुन राशि हुने ब्यक्तिहरु कुराकानी गर्दा मिलायर, शब्द चयन गरेर बोल्ने हुन्छन् । शब्दको उत्पति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न बायूको आवश्यकता पर्दछ । बायू तत्व राशि भएकोले शब्द जाल बुन्न, गहिरोगरी शब्द केलाउन अनि शब्दलाई खेलाउन यिनीहरु माहिर हुन्छन् । आफ्ना कुराहरु सजिलै सरल भाषामा अरुलाई बुझाउन सक्ने क्षमता यिनीहरुमा हुन्छ । बोल्नमा माहिर हुने हुनाले तार्किक माध्यमद्वारा विवाद सुल्झाउन तथा परिस्थितिलाई आफ्नो पक्षमा तत्काल पार्दछन् । मिथुन राशिका मानिसहरुले सञ्चार जगतमा राम्रो नाम कमाउँदछन् त्यसैगरी सूचना प्रविधि, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चेञ्ज,चार्टर एकाउन्टेण्ट, ब्यापार ,हास्य ब्याङग्य कलाकार, लेखक, साहित्यकार,राजदूत तथा चलचित्र क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्दछन् ।

कर्कट-Cancer-

अन्तरिक्षमा ९० डिग्री देखि १२० डिग्रीमा अवस्थित जल तत्व प्रधान कर्कट राशि जसको मालिक चन्द्रमा मानिन्छ । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनैबाट बिचारहरु उत्पन्न हुन्छन् । जल तत्व प्रधान भएकोले यिनीहरुको मन तथा स्वभाव चंचल हुन्छ तसर्थ कला, साहित्य, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि पेशा ब्यावसायमा सफल हुन्छन् । जल तथा केमिकलसँग सम्बन्ध राख्ने हुनाले यिनीहरु मेडिकल लाइनमा पनि आफूलाई स्थापित गर्न सक्दछन् । जल तत्व प्रधान भएकाले पानी सँग सम्बन्धित पेसा जस्तै जलसेना, हाइड्रो ईन्जिनियर, पौडीबाज, तेल प्रशोधन, खेतीपाति, पशुपालन, कृषि, डेरी प्रोडक्सन तथा प्रशासनिक क्षेत्रमा यिनीहरुको कार्यकुशलता प्रशंसायोग्य मानिन्छ ।

सिंह-Leo-

अन्तरिक्षमा १२० डिग्री देखि १५० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान सिंह राशि जसको मालिक सूर्य मानिन्छ । सूर्य भनेकै उर्जा तथा अग्निको स्रोत हो । सिंह राशि भएका मानिसहरु अत्यन्तै कडा स्वाभाव तथा कडा बोलिका हुन्छन् । यो राशिका मानिसको प्रमुख गुण भनेको वैचारिक स्थिरता हो । अली घमण्डी स्वभावका यिनीहरु अरुलाई तुरुन्त प्रभावमा पारेर काम लिन सक्दछन् । यिनीहरु जव आफ्नो मार्ग लिन्छन् वा केही गर्न अठोट गर्दछन् तब सम्पूर्ण शक्ति लगाएर पुरा गरेरै छाड्छन् । सूर्यलाई राज्यमा राजा तथा राजनीतिको प्रमुख पद प्राप्त भएकोले कुशल नेतामा हुनुपर्ने गुण यिनीहरुमा हुन्छ । प्रशासनिक कार्य,सेना,प्रहरि,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, ब्याबस्थापन,मेडिकल,राजनीति,प्यारामेडिकल क्षेत्र, रिसर्च अनि अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा सिंह राशि भएको ब्यक्तिहरु चर्चित हुन्छन् ।

कन्या-Virgo-

अन्तरिक्षमा १५० डिग्री देखि १८० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान कन्या राशि जसको मालिक बुध मानिन्छ । बुधले बुद्धि,बिबेक र तर्कलाई विशेष गरि प्रतिनिधित्व गर्दछ । त्यसैले कन्या राशि भएका मानिसहरु बुद्धि र तर्कको सहायताले मानिसलाई बसमा पार्दछन् । यिनीहरु हरेका कार्य बुद्धि लगाएर चतु¥याईपुर्वक सम्पन्न गर्दछन् । ब्यापार ब्याबसाय, लेखन, कलासाहित्य तथा सबैखाले प्राविधिक पेशामा कन्या राशि भएका ब्यक्तिहरुले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरु कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा ब्याबसायमा निकै जम्दछन् । पृथ्वी तत्व भएकाले यिनीहरु गम्भीर स्वभावका, सहनशीता, लज्जा गहनाकै रुपमा हेर्न पाइन्छ ।

तुला-Libra-

अन्तरिक्षमा १८० डिग्री देखि २१० डिग्रीमा अवस्थित वायू तत्व प्रधान तुला राशि जसको स्वामी शुक्र मानिन्छ । तुला राशि हुने मानिसहरु सामान्यत लामो शरीर, सफा स्किन,चौडा फेस,सुन्दर आँखा, मधुर मुस्कान, पातलो हात खुट्टा र अधिक उमेर हुँदा पनि कम उमेर जस्ता देखिने खालका हुन्छन् । स्वाभावत यिनीहरु सकारात्मक विचारधारको प्रतिनिधित्व गर्ने आदर्शवादी हुन्छन् । कला साहित्य तथा गीत संगीत, मोडलिङ पेशा ब्याबसायमा यिनीहरुको चासो हुन्छ । यिनीहरु फिल्म, नृत्य, लेखन क्षेत्रमा पनि दख्खल राख्दछन् । म्यानेजर,कूटनिति, परराष्ट्र,राजनिति,राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्दछन् । त्यसैगरि ईन्जिनियर, खगोलबिज्ञान, जिनेटिक ईन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिजाजस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्दछन् ।

बृश्चिक-Scorpio-

अन्तरिक्षमा २१० डिग्री देखि २४० डिग्रीमा अवस्थित जल तत्व भएको, स्थिर स्वभावको अत्यन्त महत्वपूर्ण राशि बृश्चिक । जसको स्वामी मंगल हो । स्वभावत यिनीहरु महत्वकांक्षी, ब्याबहारिक, अस्थिर मानशिकता, उत्तेजना फैलाउन माहिर हुन्छन् । यसले शरीरको अङ्गमध्ये ज्ञानेन्द्रीयको प्रतिनिधित्व गर्दछ । जल तत्व राशि भएको हुनाले पानीसँग सम्बन्धित कामहरु जस्तै माछापालन, हाँसपालन,जनसेना, हाईड्रो ईन्जिनियर, पौडीबाज जस्त क्षेत्रमा विशेष दख्खल राख्दछन् । त्यस्तै कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा यिनीहरुले सफलता पाउँछन् । आयात, अनुशन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवबिज्ञान तथा समुन्द्रसँग सम्बन्धित कार्यहरुमा यिनीहरुले छिटो प्रगति गर्दछन् ।

धनु-Sagittarius-

अन्तरिक्षमा २४० डिग्री देखि २७० डिग्रीमा अवस्थित अग्नि तत्व प्रधान धनु राशि जसको स्वामी बृहस्पति हो । अग्नि राशि भएकोले धनु राशिका मानिसहरु कामप्रति भन्दा परिणाम प्रति सचेत हुन्छन् । गोरो रङ,लामो शरीर,मिलेका दात,मधुर मुस्कान तथा मोटो शरीर भएका यिनीहरु साहशी दार्शनिक,मानवतापूर्ण मनोवृत्ति, कठिन परिस्थितिमा पनि सही निर्णय लिन माहिर हुन्छन् । यिनीहरु अध्ययनशील,स्पष्ट बक्ता, धर्मकर्ममा आस्था राख्ने खालका हुन्छन् । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्दछन् ।

मकर-Capricorn-

अन्तरिक्षमा २७० डिग्री देखि ३०० डिग्रीमा अवस्थित पृथ्वी तत्व प्रधान मकर राशि जसको मालिक शनि हो । यी राशिका मानिसहरु बच्चा बेलामा कमजोर शरीर भएपनि युवा अवस्थामा उल्लेख्य सुधार भई बलवान हुन्छन् । लामो तथा स्वस्थ्य शरीर, ठुलो अनुहार, साहशी, दुख शुख दुबे सहने खालका हुने यिनीहरु समय तथा परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने हुन्छन् । लामो संगतपछि मात्र कसैलाई विश्वास गर्दछन् भने सामान्यत इमान्दार,हितैसी, बिस्वासयोग्य भए पनि अलि बढीनै निराशावादी हुन्छन् । यो राशि भएका ब्यत्तिहरु कुनै काम सुरुमा असफलता बेहोरे पनि अन्ततगोत्वा मनले चिताएको गन्तब्यमा पुगेरै छोड्छन् । न्यायाधीश, ईन्जिनियर, ब्याबस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तीय संस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त गर्दछन् । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पदमा यिनीहरु सबै भन्दा चाँडै पुग्दछन् ।

कुम्भ-Aquarius-

अन्तरिक्षमा ३०० डिग्री देखि ३३० डिग्रीमा अवस्थित वायु तत्व प्रधान, स्थिर स्वभावको कुम्भ एक रहस्यमय राशि हो । यसलाई मानबवताबादी राशि पनि भनिन्छ । कुम्भ राशि भएका मानिसहरु मिठो बोली भएका, अरुको भावना तत्काल बुझ्ने तथा सदैब सहयोगी भावनाका हुन्छन् । यिनीहरु सञ्चार, कम्प्युटर, बिज्ञान तथा प्रबिधि, रिसर्च, ज्योतिषि, प्राबिधिक कार्यजस्ता क्षेत्रमा अत्याधिक सफल हुन्छन् । यिनीहरु कुनै पनि कार्य गरेपछि समाप्त गरेपछि मात्र बिश्राम लिन्छन् । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भूउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लागेर राम्रो सफलता प्राप्त गर्दछन् ।

मीन-Pisces-

अन्तरिक्षमा ३३० डिग्री देखि ३६० डिग्रीमा अवस्थित, जल तत्व प्रधान,दोहोरो स्वभावको अन्तिम राशि मीन जसको स्वामी बृहस्पति हो । सामान्य तथा कम उचाई मोटो शरीर भएका धार्मिक तथा दार्शनिक बिचारका हुन्छन् । यिनीहरु अरुबाट तुरुन्त प्रभावित हुन्छन् । मीन राशि भएका ब्यत्तिहरु थोरै मेहनेतबाट अत्याधिक सफल हुने गर्दछन् । जल राशि भएको कारणले यिनीहरु इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य,कविता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा यिनीहरु अब्बल हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?