नयाँदिल्ली । भारतमा नागरिकता संशोधन ऐनको विरुद्धमा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । सय भन्दा धेरै मानिस पक्राउ परेका छन् । विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ । यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ । नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ । देशका थुप्रै स्थानमा ईन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए ।
नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ ।
मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया