काठमाडौं – देश कंगाल बनाएर आफू, आफ्ना आसेपासे, सातपुस्ताको लागि सम्पत्ति थुपार्ने भन्दै हरेक देशका नागरिकहरु नेतृत्वसँग असन्तुष्टि पोखिरहन्छन् । अझ विकासशिल देशहरुमा यो गुनासो बढी सुनिन्छ । तर नेतृत्व सुनेको नसुन्यै गरिरहन्छन् । कसलाई के मतलब ?
तर अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो एक गल्तिमा जनतासँग माफि माग्नुपरेको छ ।
भएको के हो ?
केहि दिनयता अष्ट्रेलियाका विभिन्न शहरहरुमा अचाक्ली गर्मी बढेको छ । आगलागीको घटना बढीरहेका छन् । यो समयमा १०० भन्दा धेरै आगलागिका घटना भएका छन् । बिहीबार मात्रै सिडनी नजिकै दुईजनाको आगलागी नियन्त्रणका क्रममा मृत्यु भएको थियो । मानिसहरुमा गम्भिर स्वास्थ्य समस्या देखिरहेको छ । दुईवटा दिन इतिहासमै सबैभन्दा तातो भएको रेकर्ड गरिएको छ । देश आलसतालस भएको बेला प्रधानमन्त्री स्कट मोरिसन बिदामा बसेको विषयलाई लिएर सर्वसाधारणबाट चर्को आलोचना भएपछि उनले माफि माग्नुपरेको हो । सेप्टेम्बर यता अष्ट्रेलियाको आगलागीका क्रममा ८ जनाको मृत्यु हुनुका साथै ७ सय घर क्षति भएका छन् ।
ट्विटरमा ‘व्हेयर इज स्को मो’ ‘व्हेयर द ब्लडी हेल आर यु’ जस्ता ह्यासटयाग चर्चामा ल्याइएर व्यापक आलोचना गर्न थालिएपछि मोरिसनले क्षमायाचना गर्नुपरेको हो । उनी अज्ञात ठाउँमा परिवारसहित बिदामा गएको बताइएको छ । कतिपयले उनी अमेरिकाको हवाइमा बिदा मनाउन गएको बताए पनि सरकारी अधिकारीहरुले भने सो कुरा अस्वीकार गरेका छन् । उनी बिदा मनाउन गएको स्थान खुलिसकेको छैन ।
प्रधानमन्त्री मोरिसनले क्षमायाचना गर्दै आफूले बिदा चाँडो भन्दा चाँडो टुंग्याउने बताएका छन् । उनको अनुपस्थितिलाई लिएर देशभित्र सर्बत्र निन्दा र विरोध भइरहेको छ ।
शुक्रबार प्रधानमन्त्रीले भनेका छन् आगलागीको समयमा परिवारसहित बिदा लिँदा प्रभावित अष्ट्रेलियनलाई पर्न गएको चोटप्रति म गहिरो खेद व्यक्त गर्दछु,’’ ।_बिबिसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया