दुवै सदनको अधिवेशन आजबाट शुरू, कसले गर्ला संघिय संसदको अधिवेशन सञ्चालन ?

काठमाडौं । दुवै सदनको अधिवेशन आजबाट शुरू हुँने भएको छ ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरू हुँने भएको हो । आज ४ बजे दुवै सदनको बैठक बस्ने तयारी भएको सचिवालयले जनाएका छन् ।

२३ मंसीरमा बसेको मन्त्रिपरिषद्को बैठकले संसदको पाँचौं अधिवेशन ४ पुसमा आह्वान गर्नका लागि राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिस गरेका थियो । सिफारिस अनुसार संसदको अधिवेशन भण्डारी आह्वान गरेकी हुन्।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्। सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । महिलामाथि यौन दुर्वयवहार गरेको आरोपपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् ।

रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता तुम्बाहाम्फेले गर्न लागेकी हुन् । नियमावलीको नियम ६ (४) मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ’ भनिएको छ ।

तर उपभासभामुख डा. शिवमाया तुम्बाहाम्फेले शुक्रबार शुरु हुने हिउँदे अधिवेशन संविधान अनुसार सञ्चालन गर्ने भएकी छिन् । संविधान अनुसार संसद् बैठक बस्छ, संविधानको धारा ९१ (४) मा रहेर बैठक बस्नेछ ।

संविधानको धारा ९१ को उपधारा ४ मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ ।’ गणतन्त्रपछि संविधान अनुसार उपसभामुखले बैठक संचालन गर्न लागेको पहिलो पटक हो ।

बैठकको सुरुमा दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ । प्रतिनिधिसभामा तुम्बाहाम्फे र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?