काठमाडौं । हरेक चिज वस्तुको निश्चित समय पश्चात् अस्तित्व मेटिएर जाने गर्दछ । त्यस्तै पैसा पनि निश्चित समयावधी पछि काम नलाग्ने हुन्छ । नेपाल राष्ट्र बैंकले केन्द्रिय बैंकको रुपमा आवश्यक मुद्रा निष्काशन गर्ने गर्दछ । प्रयोगका क्रममा नोटको भौतिक अस्तृत्वमा ह्रास आउने गर्दछ । मुद्राको पनि आफ्नै आयु हुने गर्दछ । नेपाल राष्ट्र बैंकका अनुसार पाँचदेखी एक सय सम्मका नोटको आयु साढे २ वर्ष रहने गर्दछ भने पाँच सय तथा हजारको नोटको आयु तीन वर्षभन्दा माथी हुने गर्दछ । राष्ट्र बैंकले बजारको माग अनुसार नोट निष्काशन गर्ने गर्दछ । र प्रयोग पछि नोट पुनः राष्ट्र बैंकमा नै पुग्ने गर्दछ । त्यसरी व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट आएका विभिन्न दरका नोट मध्ये राष्ट्र बैंकले फोहोर, च्यातिएका, जलेका तथा भौतिक अस्तित्व ह्रास भएका नोट छनोट गर्दछ । र त्यसलाइ जलाउने गर्दछ । राष्ट्र बैंकका अनुसार त्यसरी प्राप्त हुन आएका नोटहरु बिभिन्न समयमा जलाउने गरिन्छ ।
हामीले प्रयोग गर्न नजान्नाले वार्षिक खर्बौ नोटहरु जलेर सकिन्छन् । जसले अर्थतन्त्रमा समेत नकारात्मक असर पार्छ । नोटको भौतिक अस्तित्वमा ह्रास आएमा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट साट्न सकिने व्यबस्था राष्ट्र बैंकले गरेको छ । साथै राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट जम्मा हुन आएका नोटहरुलाई कानूनी प्रकृया पुरा गरेर मात्र जलाउने गर्दछ । तर त्यसरी जम्मा हुन आएका नोटमध्ये पनि सफा तथा चलनचल्तीमा आउनसक्ने नोटलाइ भने सेतो ट्याग लगाएर पुनः भुक्तानीको लागि पठाइन्छ ।
राष्ट्र बैंकको मुद्रा व्यबस्थापन बिभाग अन्तर्गत संयोजक रहने एउटा समितीको रोहोबरमा जम्मा हुन आएका नोटहरु जलाइने गरिन्छ । उक्त समितीमा सरकार तथा आन्तरिक लेखा परिक्षण विभाग लगायत अन्य निकायका प्रतिनिधीहरु रहेका हुन्छन् । जम्मा हुन आएका नोटहरुलाइ सेनाको निगरानीमा थापाथलीस्थित भट्टिमा पुर्याइन्छ र त्यहाँ मिलाएर राख्ने गरिन्छ । भट्टिमा राखिएको नोटहरुमा मट्टितेल खन्याई आगो सल्काएर ताला लगाइन्छ । र आगो लगाएको केही घण्टापछि निरिक्षण गरिन्छ । पूर्ण रुपमा सल्किएर सकिएपछि पानीले पखाल्ने काम गरिन्छ । त्यसरी सकिनेछ एउटा नोटको अस्तित्व ।
राष्ट्र बैंकका अनुसार वितेका केही वर्षहरुमा प्रचलनमा आउन नसक्ने पुराना नोटहरुको संख्यामा बृद्धि हुँदै गइरहेको छ । जसले नेपाली नोटहरुको किफायतीमा प्रश्न चिन्ह उठेको छ । त्यसको मुख्य कारण नोट निर्माण गर्दा हामीले प्रयोग गर्ने कच्चा पदार्थ हो । भने अर्काेतर्फ हामीले प्रयोग गर्दा सावधानी नअपनाउनाले पनि नोटहरुको किफायतीमा कमजोरी देखिएको हो । राष्ट्र बैंकले हरेक वर्ष नोट निष्काशन गरेसँगै नोटको अस्तित्वमा खलल पुर्याउनेहरु लाई समेत कारबाही गर्ने घोषणा गर्ने गरेको छ ।
यसरी गर्न सकिन्छ नोटको जतन
नोटमा लेख्ने, केरमेट गर्ने, जथाभावी दोबार्ने, नोटको प्याकेटमा स्टिच लगाउने गर्नाले पनि नोट फोहोर हुने र च्यातिने सम्भावना हुन्छ ।
सफा नोट सम्बन्धी विभिन्न खाले चेतनामूलक कार्यक्रम गर्न सके अझ नोट प्रचलनलाई छाडेर कार्डको उपयोगलाई बढ्वा दिन सकेमा एकातिर सफा नोटको प्रचलन बढ्छ भने अर्कोतिर नोट छाप्दा कममात्र खर्च हुने थियो । विकसित मुलुकमा मुद्रा छपाइ, ढुवानी तथा जलान लागत न्यूनीकरण गर्न आधुनिक बैंकिङ प्रणालीमा जोड दिएको पाइन्छ ।
विश्वका विकसित मुलुकमा मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्डका साथै मोबाइल वालेट, कन्ट्याकलेस कार्ड, अनलाइन पेमेन्टलगायतका मुद्राको आधुनिक उपकरणका प्रयोग हुने गरेको छ।
के छ कानूनमा ?
नोट केरमेट गरे वा नष्ट गर्न खोजे ३ महिनासम्म जेल सजाय, ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा व्यवस्था छ।
लोकपथबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो?
कसरी मनाउँदै हुनुहुन्छ बालबालिकाको जन्मदिन ? केही नयाँ गर्ने कि !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया