बेरूत । लेबनानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हसन दिआबले दाँइसे वेलेद्वारा शुक्रबार सम्पेषण गरिएको एक अन्तर्वार्तामा आफ्नो सरकारलाई यूरोप तथा अमेरिकाले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले वासिङ्टनद्वारा आतङ्कवादी सङ्गठनको कालो सूचीमा राखेको सिया लडाकू समूह हेजबुल्लाहको सहयोगमा आफूलाई प्रधानमन्त्री बनाइएको भन्ने भनाईलाई उहाँले खण्डन गर्दै आफू एक स्वतन्त्र इन्जिनियर भएको र आफ्नो सरकारका सदस्यहरू पनि स्वतन्त्र प्राबिधिक ल्याउने आफ्नो इच्छा उहाँले व्यक्त गर्नुभयो ।
पूर्व शिक्षामन्त्रीसमेत भैसकेका प्रधानमन्त्री दिआबले भन्नुभयो,“मेरो लक्ष्य स्वतन्त्र प्राविधिकहरूको बनाउने र देशलाई वर्तमान आर्थिक तथा राजनीतिक सङ्कटबाट निकाश दिने रहनेछ ।” उहाँ लेबनानको एक अमेरिकी विश्वविद्यालयमा लामो समय प्राबिधिक बिषयका प्राध्यापक हुनुहुन्छ ।
लेबनानको राजनीतिक तथा आर्थिक समृद्धिका लागि मेरो काम अहिलेसम्म लेबनानले पाएभन्दा फरक किसिमको हुनेछ । सरकारमा महिला सहभागितालाई पनि प्राथमिकता दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया