धनुषामा एक प्रहरी १५ हजार घुससहित ‘रेडह्याण्ड’ पक्राउ

धनुषा | धनुषामा एक प्रहरी १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

धनुषाको धारापानीमा कार्यरत प्रहरी नायव निरीक्षक(सई) कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

पंजियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुससहित पक्राउ गरेको हो ।

दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।

घुस रकम सहित पक्राउ परेका पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?