आधुनिक संसारमा क्रिश्चियन विश्वासप्रति कम विश्वास देखिन थालेको भन्दै चर्चको नेतृत्वको ‘सोचमा परिवर्तन’ गर्न जरूरी भएको क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले शनिबार बताउनुभएको छ । उहाँले क्रिश्चियन धर्मप्रतिको विश्वास कम भएको र अझ बेवास्ता हुन थालेको भन्दै सम्बद्ध नेतृत्वको आलोचना गर्नुभयो ।
“हाम्रा (क्रिश्चियन) सोचविचार र धारणालाई पुनः स्थापित गर्न नयाँ तरिकाको आवश्यकता देखिएकोे छ,” पोपले भेटिकन सिटीका उच्च प्रशासकीय अङ्ग रोमन क्युरियामा भएको क्रिशमसको परम्परागत शुभकामना आदानप्रदान कार्यक्रममा भन्नुभयो ।
पोपले भन्नुभयो,“आज संस्कृति फैलाउने संस्था चर्चमात्र छैन, हामीलाई नत पहिले न धेरै सुनिन्छ ।”
“अहिले हामी क्रिश्चियन धर्मको शासनकालमा छैनौँ किनकि विश्वास खासगरी यूरोप र पश्चिमको ठूलो भागमा सँगसँगै बस्ने पूर्वधारणा सहज छैन, बिग्रिएको र यो प्राय अस्वीकार गरिन्छ, उपहास गरिन्छ, न्यून सङ्ख्यामा रहेको छ र हाँसोको बिषय हुन थालेको छ ।”
“परिवर्तन आवश्यक छ र पादरीहरूको सोचमा अझ यो परिवर्तन आउन जरूरी भएको छ,” क्याथोलिक चर्चको इतिहासमा ल्याटिन अमेरिकाबाट पोप बनेका उहाँले बताउनुभयो ।
सन् २०१३ मा पोप बनेसँगै रूढीवादी तथा शक्तिशाली क्युरियालाई परिवर्तन गर्न खोज्दै आएका फ्रान्सिसले क्युरियाका अधिकारीको स्वतन्त्रता र आर्थिक अधिकारमाथिको विशेष नियन्त्रणको प्रयासमा विफल देखिएको बताइदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया