काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो । दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको थियो । दुई पार्टीबीच छलफल असाध्यै सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ । दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले बताए । त्यस्तै, भोलि पनि थप गृहकार्यको लागि छलफल गरीने र पर्सि एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुंगो लगाउने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया