एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधिहात पारेको छ ।
शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि हात पारेको हो ।
विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाईनल पुगेका थिए । खेलको ९० औं मिनेटसम्म कुनै गोल हुन सकेन ।
ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले खेलको ९९ औं मिनेटमा गोल गर्दै लिभरपुललाई उपाधि दिलाए ।
निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्व गरेका थिए ।
तर अतिरिक्त समयमा गोल निकाल्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचाल्न सफल रह्यो ।
लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो ।
क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया