दैलेख । अपहरणमा परेकी ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको श्रीमती जंगलमा भेटिएकी छन् । अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अझै अज्ञात छ ।
गए राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्याकर्ताले अध्यक्ष धीरबहादुर राई र उनकी श्रीमती इला शाहीलाई अपहरण गरेको अनुमान गरिएको छ ।
शाहीकी श्रीमतीलाई गाउँपालिकाको उत्तरतर्फ पर्ने कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा रहेको जंगलमा भेटिएको जनाइएको छ । तर प्रहरीले पुष्टि गरेको छैन ।
गए राति ठाँटीकाँध गाउँपालिका वडानम्बर-२ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए । धीरबहादुर शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले अपहरण गरेर छाडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया