विरोध प्रदर्शनलाई मत्थर पार्न भाजपाले जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । भारतमा नागरिकतासम्बन्धी नयाँ विधेयक लागु भएसँगै बिभिन्न १४ राज्यमा विरोध प्रदर्शन भइरहेको छ । विरोधका कारण दर्जनौ मानिसहरुको ज्यान समेत गएको छ । त्यस्तै देशमा भइरहेको विरोध प्रदर्शनलाई कम गर्न सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

भाजपाले थालेको जागरण अनुसार जनताहरुलाइ भेटि नागरिकता विधेयकबारे बुझाउन साथै बिभिन्न देशहरुबाट आइ भारतमा शरण लिएर बस्दै आएका मानिसहरुलाइ समेत सहभागि गराइ अभियान सञ्चालन गर्न भएको हो । जनतालाइ सुसुचित गर्न थालिएको उक्त अभियानलाइ सफल तुल्याउन २५० स्थानमा पत्रकार सम्मेलन गर्न लागेको भाजपा महासचिव भुपेन्द्र यादवले सञ्चार माध्ययमलार्इ बताउनुभएको छ । त्यतिमात्र नभएर विपक्षी दलको भण्डाफोर गर्नेलगायतका कार्यक्रमहरु समेत तय गरिने उहाँले बताउनुभएको छ ।

अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने निर्णय भारत सरकारले गरेको थियो । त्यसरी भारतमा शरण लिएर बस्दै आएका समुदायलाइ नागरिकता दिन भारत सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर विधेयक पास गरेसँगै विरोध भएको हो । उक्त कानुनबाट मुस्लिम समुदायलाई विभेद भएको भन्दै सुरु भएको आन्दोलनले चर्को रुप लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?