नेकपाको स्थायी समिति बैठक आज पनि : के छन्, छलफलका एजेण्डा ?

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने स्थायी समितिको बैठकमा आज राजनीतिक प्रतिवेदन र विधान संशोधन पारित गरीने बताइएको छ ।

शनिवारको बैठकमा छलफल नसकिएपछि आज बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरिने भएको हो । त्यस्तै, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित पनि आजै गर्ने तयारी भएको बताइएको छ ।

बाँकी रहेका छलफलका विषयलाई टुंग्याएर आज राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा समेत आइतबार नै निर्णय हुने श्रेष्ठले जानकारी दिए । एमसीसी इण्डो प्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा आवश्यक परामर्शका आधारमा निर्णय गरिने उनको भनाई छ ।

६ दिनदेखि समितिको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?