काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाइ लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समिती बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा आगामी पुस २७ गते गर्ने निर्णय समेत गरेको हो ।
उक्त साधारण सभाको प्रस्तावमा २४ प्रतिशत नगद लाभांश तथा ६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । साधारण सभाको प्रयोजनको लागि भने बुक क्लोज पुस १३ गतेदेखि २७ गतेसम्म हुने बैंकले जनाएको छ । साथै चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश अग्राधिकार शेयरधनीलाई वितरण गर्न लागेको पनि बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया