ठूला घरानाका व्यवसायी बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने, यस्तो कदम चाल्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको सञ्चालकबाट व्यवसायीहरुलाइ हटाउने भएको छ । पछिल्लो समय धेरै सञ्चालकहरुले पदको दुरुपयोग गरि जनताको पैसाबाट आफ्नो व्यवसायलाई अगाडि बढाउन उद्यत गरेकाले त्यस्तो गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार संसदमा दर्ता भएका बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको ऐन तथा बाफियाको संसोधन प्रस्तावमा व्यवसायी तथा उसको एकाघरका परिवार सञ्चालक हुन नपाउने व्यबस्था रहेको छ । तर व्यवसायीहरु नै बैंकको सञ्चालक बन्नाले व्यवसायीक जगतमा समेत असर पर्ने भएकाले कडा कदम चाल्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले एक आपसमा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा साटासाट गरि लिने प्रवृती बढि रहेको छ । राष्ट्र बैंकका अनुसार त्यस्तो प्रवृतीको अन्त्यका लागि पनि सञ्चालकबाट ठूला घरानाका व्यवसायी हटाउन लागिएको हो । त्यसरी बैंक तथा वित्तीय संस्थाको सञ्चालकमा व्यवसायीहरु हाबी हुनाले सिमित व्यक्तिहरुले कर्जाको दुरुपयोग गरिरहेका छन् । जसले गर्दा साना तथा मझौला व्यवसायीहरुले कर्जा नपाउने अवस्थाको सिर्जना हुन जान्छ ।

त्यसले एकातिर सधै ठूला व्यवसायीको कर्जा प्रणालीमा एकाधिकारको अवस्था सिर्जना गर्दछ भने अर्काेतिर साना तथा मझौला व्यवसायीहरु धरासायी बन्दै जाने अवस्था समेत सिर्जना हुन जान्छ । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत देखापर्दछ । राष्ट्र बैंकको यो कदम साना तथा मझौला उद्यम गर्नेहरु उत्साहित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?