गाउँपालिका अध्यक्ष पक्राउ, भएको के थियो ?

वीरगञ्ज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् ।

२०६३ मा जिल्ला अदालत बाराले सवारी ज्यान मुद्धामा राउतलाई जरिवाना र सजाय सुनाएको थियो ।

राउतलाई २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?