एजेन्सी । सुपर कोपा इटालियानाको उपाधिका लागि इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस्ले आज लाजिओसँग प्रतिशपर्धा गर्दैछ ।
सिजनको पहिलो उपाधिका लागि युभेन्टस्ले साउदी अरेबियाको किङ साउद विश्वविध्यालयको रंगशालामा लाजिओसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ८ः३० बजे सुरु हुनेछ ।
जारी सिजनमा सिरी ‘ए’ मा युभेन्ट्सलाई पराजित गर्ने लाजिओ एक मात्र टोली हो । उक्त खेलमा युभेन्ट्स ३-१ गोलले पराजित भएको थियो । लाजिओविरुद्ध स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।
रोनाल्डोले पछिल्लो साता गरेको गोलले विश्व फुटबल जगतमा हलचल मच्चाएको छ । उनले २.५६ मिटर उफ्रिदै युभेन्ट्सका लागि विजयी गोल गरेका थिए ।
युभेन्ट्सले सर्वाधिक ८ पटक सुपरकोपाको उपाधि जितेको छ । यस्तै ६ पटक उपविजेता बनेको छ । यता, लाजिओले ४ पटक उपाधि जित्दा ३ पटक उपविजेता बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया