टोकियो, ३० भदौ— उत्तर कोरियाले जापानको आकाशमा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यसअघि गत अगस्ट २९ तारिखमा पनि जापानी भूभाग हुँदै क्षेप्यास्त्र परीक्षण गरेको उत्तरको पछिल्लो कदमले विश्वभर हल्लीखल्ली मच्चिएको छ ।उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र जापानको हकाइदो टापुको आकाशमाथि देखिएको समाचारमा जनाइएको छ ।राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको सो क्षेप्यास्त्रले ३ हजार ७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले बताएका छन् ।जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई सर्तक रहन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया