महिला पत्रकार बलात्कार गर्ने पुरुष पत्रकारलाई ३४ लाख रुपैयाँ जरिवाना, समाचार लेख्न बोलाएर ड्रग्स खुवाइ बलात्कार !

काठमाडौं – सूचना, समाचार, जानकारी र मनोरञ्जनका सामाग्रीको संवाहक पत्रकार आफैँ असुरक्षित हुन्छन् भन्ने थाहा पाउँदा पक्कै पनि तपाई अचम्मित हुनुहुनेछ ।

हो, बेलाबेलामा काम गर्ने स्थान र सहकर्मीको व्यवहारले वाक्क भएको गुनासा महिला पत्रकारले गरिरहेका हुन्छन् तर विश्व ब्रह्माण्डको ध्यान खिच्ने एउटा घटना भर्खरै सार्वजनिक भएको छ ।

तस्वीर : गुगल

भएको के हो ?
घटना जापानको हो । पेशाले पत्रकार ५३ वर्षीया पुरुष नोरियुकी यामागुचीले ३० वर्षीया पत्रकार सियोरी इतोलाई बलात्कार गरे । पेशाले दुवै पत्रकार । सन् २०१५ मा भएको यो घटनामा प्रमाण नपुगेको भन्दै न्याय निसाफमा ढिलाइ भइरहेको थियो । अन्ततः घटनाको ४ वर्षपछि इतोले न्याय पाइन् । अर्थात् उनलाई जबरजस्ती गर्ने पुरुष पत्रकारलाई ३४ लाख रुपैयाँ क्षतिपूर्ति तिराइयो । तर यो मामिला सजिलो गरी सुल्टेको थिएन । ती पुरुष पत्रकारले बारम्बार प्रधानमन्त्री सिन्जो आबेको पावर प्रयोग गर्न खोजे । त्यतिमात्रै हो र ? उनले अदालतमा बयानका क्रममा भनेका थिए, इतो र मेरो बीचमा शारीरिक सम्पर्क भएको हो । तर सहमतिमा । यसपछि इतोलाई यसको पुष्टि गर्ने आधार खोज्न निकै समय लाग्यो । अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप्त प्रमाण नपुग्ने बताएपछि उनले देवयानी मुद्दा दिएकी थिइन्। अन्ततः उनले जितेकी हुन् । उक्त मुद्दाको सुनुवाइ गर्दै टोक्योको अदालतले गएको बुधबार मृद्धाको फैसला सुनाउँदै  यामागुचीबाट ३३ लाख जापानी येन क्षतिपूर्ति भराउने जनाएको हो ।

तस्वीर : गुगल

घटनाको दिन…
३० वर्षीया पत्रकार सियोरी इतो त्यतिबेला ‘इन्टर्नसिप’ गर्थिन् । ५३ वर्षीया पुरुष पत्रकार नोरियुकी यामागुची समाचार र विषयमा निकै खारिएका पत्रकार थिए । टोकियो ब्रोडकास्टिङ सिस्टमको वासिङटन ब्युरो प्रमुख भइसकेका यामागुचीले समाचार संस्था रोयटर्समा इन्टर्न गरिरहेकी इतोलाई डिनरका लागि बोलाएका थिए। उनको बोलावट स्विकारेर इतो पनि गइन् । किनकी यामागुचीले जागिर र समाचारका विषयमा छलफल गर्न बोलाएका थिए । तर यामाग’चीको दाउ अर्कै रहेछ । बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले बलात्कार गरे । त्यसपछि इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने यामागुचीविरूद्ध अदालतमा मुद्दा हालिन् । जापानी प्रधानमन्त्री सिन्जो आबेसँग निकट सम्बन्ध भएका यामागुचीबारे प्रहरीले मुद्दा अघि बढाउन आनाकानी ग-यो। यसैको विरोधमा प्रदर्शन पनि भएका थिए । यामागुचीले सहमतिमै शारिरीक सम्बन्ध भएको भन्दै उल्टै इतोविरुद्ध मुद्दा हाले।

त्यसपछि इतोले १ करोड १० लाख जापानी येन क्षतिपूर्ति माग्दै देवयानी मुद्दा हालेकी थिइन्। र उनको जित पश्चात् उनले जित लेखेको ब्यानर उचोलेकी थिइन् । तर अदालतले बलात्कारी ठहर गरेका पत्रकार यमागुचीले भने अदालतको आदेशविरुद्ध अपिल गर्ने बताएका छन्।

यो घटनालाई जापानमा यतिधेरै महत्वका साथ हेरियो कि त्यहाँको समाज र परिवेश यसले छर्लङ्ग बनायो । किनकी जापानी समाजमा यौन दुर्व्यवहारबारे निकै कम महिलाले मात्र उजुरी दिने गर्छन्। पितृसत्तात्मक समाजबाट इतोले चालेको पछिल्लो कदम प्रशंसनीय थियो ।
यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?