काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरुका लागि नयाँ सुविधा थप गरेको छ । जस अन्तर्गत बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको हो ।
आईभीआर सेवाको प्रयोग गरि ग्राहकहरुले आफ्नो खातामा रहेको व्यालेन्स रकम, कार्ड ब्लक, पछिल्लो तीन कारोबारको विवरण, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे सहज रुपमा सेवा लिन सक्नेछन ।
आईभीआर सेवा मार्फत आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले आईभीआर सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
ग्राहकहरुले उक्त सेवा सुचारु गर्नका लागि सर्वप्रथम आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ । बैंकका अनुसार दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सकिनेछ ।
ग्राहकहरुले आईभीआरमा आफनो खाता दर्ता गर्नका लागि (IVR<space>Account Number) टाइप गरी ३४४८८ मा एसएमएस पठाउनुपर्नेछ । त्यसरी एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा आउनेछ ।
ग्राहकहरुले दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
एनआइसीले ग्राशकको लागि बिभिन्न समयमा नया नयाँ सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा ल्याइएको आईभीआर सेवाको प्रयोगबाट ग्राहकहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन् । त्यसबाट ग्राहकहरुको समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सक्ने विस्वास बैंकले लिएको छ ।
एन आईसी एशियाले देशभर ठुलो शाखा विस्तार गरि मुलुकका दुरदराजमा समेत सेवा प्रदान गर्दे आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया