काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्यरुपमा उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १ दशमलव १७ विन्दुले उकालो लाग्दा परिसूचक १ एक हजार १५० दशमलव ८१ बिन्दुमा पुगेको छ ।
साताको पहिलो दिन आइतवार कुल १६७ वटा कम्पनीको शेयर कारोबार भएको थियो । जसको १४ लाख ८८ हजार कित्ता शेयर करिब ३७ करोड ४४ लाख रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ । आज कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । साथै आज परिसूचक र कारोबार शेयर संख्या बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घट्न पुगेको छ ।
आज कारोबारमा आएकामध्ये शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । जसको करिव ४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
साथै आज शिवम् सिमेन्ट र पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दूई कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढ्न गएको छ ।भने नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया