पाँचथर । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिमावर्ती धार्मिक तथा पर्यटकीय क्षेत्र तिम्बु पोखरी आसपासमा बहुमूल्य जडिबुटी पाइन्छन ।
यो स्थानमा दुईसय भन्दा बढी प्रकारका जडिबुटी पाइने अध्ययनले देखाएको छ । यी जडिबुटी ४४८० मिटर उचाइको आसपासमा रहेका छन् ।
हिमाली क्षेत्र तिम्बु पोखरी आसपास पदमचाल, विखुमा, कुड्की, यार्सागुम्बा, पाँचऔले, पाखनबेदलगायत दुईसय बढी प्रकारका बहुमूल्य जडिबुटीहरु पाइन्छ ।
भारतको सिमा क्षेत्रमा समेत रहेका यो स्थानमा पाइने बहुमूल्य जडिबुटी चोरी निकासी हुने गरेको थियो । तर, जिल्लाका हिमाली क्षेत्रमा पाइने वन्यजन्तुको निगरानीका लागि राखिएको सिसी क्यामराकाका कारण चोरीनिकासी घटेको छ ।
खुला सिमानाका कारण भारत तथा चीनतर्फ यहाँका बहुमूल्य जडिबुटी लैजाने गरेका थिए । हिमाली क्षेत्र तिम्बुङ पोखरी आसपास बहुमूल्य जडिबुटीहरु : पदमचाल, विखुमा, कुड्की, यार्सागुम्बा, पाँचऔले, पाखनबेदलगायत दुईसय बढी प्रकारका जडिबुटी पाइन्छ ।
यस क्षेत्रमा हिमाली वन्यजजन्तु सँगै विभिन्न प्रजातिका चौरी पाइन्छ । यहाँ महत्वपूर्ण जडिबुटीसँगै खनिज पदार्थमा फलाम खानी र सुनखानी पनि रहेको बताइन्छ ।
तस्वीरः विपुल अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया