काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो ९ औँ वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको छ । उक्त साधारण सभाले शेयरधनीहरुलाइ नगद लाभांशवितरण गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६ दशमलव ५७ प्रतिशतकाका दरले लाभाशं वितरण गर्न लागेको हो । जस अन्तर्गत सभाले ५२ करोड ५८ लाख बाईस हजार सात सय एक रुपैयाँ अन्ठाउन्न पैसा नगद लाभांश बाँड्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७६/०७७ को लेखापरिक्षण गर्नको लागि NBSM & Associates लाई लेखापरिक्षकमा नियुक्त समेत गरेको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जरमा जाने सम्बन्धी समेत छलफल गरेको छ । त्यस्तै उक्त साधमरण सभाले स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्न समेत निर्णय गरेको छ ।
आफ्ना ग्राहकहरुलाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । ग्राहकहरुलाइ बैंकले देशभरि १०२ तथा ७६ एटीएम मार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया