एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओसँग बराबरी खेल खेलेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा धेरै गोलको अवसर सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । रियलका करिम बेन्जिमाले गोल गर्ने सात अवसर खेर फालेका थिए । यस्तै बिल्बाओका केनान कोड्रोको गोल अफसाइड भएको थियो ।
बिल्बाओको यो लगातार तेस्रो खेलमा बराबरी हो । सन् २००६ को मार्चपछि पहिलो पटक रियलले तीन खेलमा बराबरी खेल्नु परेको हो । यस अघि रियल भ्यालेन्सियासँग १-१ र बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ । २८ अंक जोडेको बिल्बाओ सातौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया