काठमाडौं । एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
सोमबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ५-२ गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेत र रेखा पौडेलले समान एक एक गोल गरिन्।
पुलिसको लागि घिम कुमारी गुरुङ र निशा सुनुवारले एक एक गोल गरिन् । अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र भुटान फुटबल टिमबीचको विजेतासँग खेल्नेछ ।
आर्मी र भुटानबीचको दोस्रो सेमिफाइनलमा खेल आज अपरान्ह हुदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया