भारतमा प्याज किन्न लाइन बसेका एक पुरुषको मृत्यु

एजेन्सी । भारतमा प्याज किन्नका लागि लाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

आन्ध्र प्रदेश राज्यको एक बजारमा प्याज किन्नका लागि लाइनमा उभिएका ५५ वर्षका एक व्यक्तिको हृदयाघातका कारण मृत्यु भएको जनाइएको छ ।

प्रदेश सरकारले दिएको अनुदानको प्याजका लागि लाइनमा उभिएका थिए । सरकारले २५ रुपैँयामा प्याज अनुदानमा दिएको थियो ।

चिकित्सकहरुले उनको हृदयाघातका कारण मृत्यु भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?