प्रभु बैंकको २०२औँ शाखा कपिलवस्तुमा सञ्चालन

काठमाडौं । प्रभु बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा २०२औं शाखा सञ्चालन गरि कारोबार शुरु गरेको छ । बैंकले कपिलवस्तुको तौलिहवामा नयाँ शाखा विस्तार गरि कारोबार शुरु गरेको हो ।

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले उक्त शाखा कार्यालयको उदघाटन गर्नुभएको हो । बैंकको उदघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ ।

बैंकले मुलुकभर शाखा विस्तार गरि ग्राहकहरुलाई सेवा दिइरहेको छ । बैंकले उक्त शाखा सञ्चालनले बैंकिङ्ग सेवामा गुणस्तरीयता एवं प्रविधियुक्त सेवा विस्तारमा जोड दिइने प्रतिबद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?