काठमाडौं । नविल बैंक लिमिटेडले सर्वसाधारणको लागि नयाँ योजना सार्वजनिक गरेको छ । जस अनुसार कर्जा आवस्यक परेमा निवेदन दिएमा ३५ घण्टाभित्रै कर्जा उपलब्ध गराउने भएको हो । बैंकले नेपालमा नै पहिलो पटक SME कर्जामा credit scoring मोडल अन्तर्गत करिब ३५ घण्टामै कर्जा प्रवाह गर्न ‘नविल सजिलो एक्सप्रेस कर्जा’ योजना ल्याएको हो ।
सजिलो एक्सप्रेस कर्जाको वार्षिक व्याजदर भने १० दशमलव ५ प्रतिशत हुने बैंकले जनाएको छ । साना तथा मझौला उधोग सञ्चालकहरुलाई मध्यनजर गर्दै उक्त योजना ल्याइएको बैंकले जनाएको छ । बैंकले युके आड समक्ष सँगको सहकार्यमा उक्त कर्जा योजना ल्याएको हो ।
नविलको सजिलो एक्सप्रेस कर्जा योजना अन्तर्गत ग्राहकहरुले १५ देखी ७५ लाख सम्मको कर्जा प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया