काठमाडौं । शंकास्पद गतिविधि गरिरहेको अवस्थामा कम्तिमा ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको एउटा घरमा खानतलासी गरी उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरु बाँसबारीस्थित एउटा घरमा बसेर शंकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा खानतलासी गरी नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो । काठमाडौंमा रहेका केहि बैंकहरु ह्याक गर्ने योजना बनाइरहेको पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रहरीले चिनियाँ नागरिक बसेको हरेक शंकास्पद स्थलमा छापा मारिरहेको छ ।
चिनियाँ नागरिकहरुले नेपालमा बसेर विभिन्न बैंकहरु ह्याक रकम चोरी गर्ने गरेका छन् ।
प्रहरीले असोजमा नेपाली बैंक ह्याक गरेर लुटिरहेको अवस्थामा केहि चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया