काठमाडौं । गत मङ्सिर २४ गते काठमाडौंको कपनमा प्रेमिकाले प्रेमीलाई आफ्नै कोठामा बोलाएर लिङ्ग छेदन गरिदिएको घटना बाहिरियो ।
काठमाडौं महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लिङ्ग छेदन गरेकी थिइन् ।
अहिले युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ।
तर घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलनको आयोजना गरे। युवतीको परिवारले पत्रकार सम्मेलन गरेपछि घटनामा नयाँ ट्वीस्ट आएको छ । पत्रकार सम्मेलनमा युवतीका परिवारले युवकले बलात्कार गर्न खोजेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी बताएका छन् ।
‘म गाउँमै बस्छु, छोरीलाई पढ्न काठमाडौं पठाएँ तर यस्तो नसोचेको घटना भयो। त्यो केटा को हो त्यस्ले मेरी छोरीको इज्जत लुट्न खोजेछ,’ युवतीकी आमा विमाया तामाङले भनिन्, ‘छोरीले बच्ने उपायले त्यस्तो गरिछिन्। प्रहरीले हाम्रो कुरा सुन्नै मानेन। छोरीलाई न्याय दिलाइदिनुपर्यो।’
समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिंग काटेको भनेर नबुझ्न आग्रह गरे। विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती नानीले यस्तो गरेकी हुन्।’ उनले भने ।
उनले उपचारपछि घर फर्किसकेका ती युवकले ललाइफकाइ ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको बताए। उनका अनुसार युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरे।
बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गरे। युवतीका आफन्तहरुले लिखित जाहेरी नदिएको र तीन दिनपछि आएको बताउनुभयो । उनले भने, मैले सरकारी वकिल कार्यालयसँग समन्वय गरेर एउटै घटनामा दुई वटा जाहेरी लिनु नपर्ने बुझेपछि बयानमा सबै कुरा खुलाउन भनेको हुँ।’
उनका अनुसार घटनाबारे माथिल्लो तहमा समेत जानकारी छ। सिंहले भने, ‘तत्काल लिंग काटिने युवकका आफन्तले जाहेरी ल्याएकाले दर्ता गरेर अनुसन्धान थालेको हुँ। मैले जे गरेको छु कानुनबमोजिम गरेको छु।’
गत मंसिर २३ गते अपरान्ह बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो। घटनालगत्तै पीडितले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएको तामाङको दाबी छ।
लोकपथमा यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?
धर्म मिल्दैन भन्दै प्रेमीको छुटिने प्रस्ताव, भेट्न बोलाएर प्रेमिकाद्वारा लिङ्ग छेदन !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया