एजेन्सी । भारतको केन्द्रीय सरकारले ल्याएको नागरिकता संशोधन कानूनलाई लिएर आइतबार इस्लामिक देशहरुको संगठन ‘अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन(ओआईसी)’ले पनि एक बयान जारी गरेको छ ।
ओआईसीका महासचिव युसूफ बिन अहमद बिन अब्दूल रहमानको तर्फबाट जारी वक्तव्यमा आफूहरुले भारतमा विकसित घटनाक्रममा नजर राखेको बताएका छन् ।
ओआईसीमा ६० मुसलमान बहुल देश सदस्य छन् । आफ्नो वक्तव्यमा संगठनले भनेको छ ,‘भारतको पछिल्लो घटनाक्रमलाई हामी नजिकबाट हेरिरहेका छौँ ।
कयैन अवस्थामा अल्पसंख्यक प्रभावित भएका छन् । नागरिकता अधिकार र बाबरी मस्जिद मुद्दालाई लिएर हाम्रो चिन्ता छ । हामी फेरी यो कुरालाई दोहो-याउन चाहन्छौ कि भारतमा मुसलमान र तिनको धार्मिकस्थलको सुरक्षाको सुनिश्चित गरियोस् ।’
ओआईसीले वक्तव्यमा संयुक्त राष्ट्रको सिद्धान्त र दायित्व सम्झाउदै तिनको कार्यन्वयन गर्न भनेको छ जसले अल्पसंख्यकहरुलाई कुनै भेदभाव नगरी सुरक्षा दिनुपर्ने बताएको छ ।
ओआईसीले वक्तव्यमा अगाडि भनेको – यदी यी सिद्धान्त र दायित्वको बेवास्ता भयो भने त्यस क्षेत्रभरीको सुरक्षा र स्थिरतामाथि गम्भिर प्रभाव पर्नेछ ।
ओआईसीमा साउदी अरब र उसका सहयोगी देशको प्रभुत्व रहेको छ । साउदी अरबलाई ओआईसीको विकल्पमा अर्को मुसलमान संगठन बन्ला भन्नेमा चिन्तित रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया