काठमाडौं । सोमवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार १.१७ अंकले मात्रै बढेको नेप्से परिसूचक सोमबार भने १७.७७ अंकले बढेर ११६८.५८ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा सोमवार कुल १७७ वटा कम्पनी कारोबारमा समावेश भएका थिए । जसको १७ लाख ५४ हजार कित्ता शेयर ५९ करोड ५७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका सबै समूह बढेको पाइएको छ ।
त्यस्तै आज परिसूचकसँगै कारोबार रकम तथा कारोबार शेयर संख्या पनि अघिल्लो दिनको तुलनामा उच्च अंकले बढेको नेप्सेले जनाएको छ ।
कारोबार भएका भध्ये शिवम् सिमेन्टको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । जसको ५ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै आज नागरिक लगानी कोष, एचआईडीसीएल, सपोर्ट माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, गुराँस लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले उच्च कमाउन सफल भएका छन् ।
त्यस्तै आज ती कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर आज पाँचथर पावर कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया