बलात्कारको आरोप लागेका सिद्धबाबालाई हिरासतमा राख्न म्याद थप

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ३ दिनको म्याद थप गरिएको छ ।

सुनसरी जिल्ला अदालतले पाँचौ पटक थप म्याद थप गर्दै उनलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

गिरीलाई ८ नं. इजलासका न्यायाधिस मणिराम न्यौपानेले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् ।

गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत अदालत ल्याइएको थियो । म्याद थपसँगै उनलाई फेरी विराटनगर फर्काेइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?