काठमाडौँ । अदालतले धरौटीमा रिहा गरेपनि विप्लव समूहका २१ नेता कार्यकर्ता रिहा हुन नमानी कारागार गएका छन् ।
धरौटीमा रिहा भएपनि प्रहरीले फेरि पक्राउ गर्न सक्ने अवस्था रहेकाले उनीहरु कारागार गएका हु्न् ।
जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार उनीहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका थिए ।
उनीहरुलाई असोज ३० मा बैठकस्थल घेरा हालेर राजपुर गाउँपालिका ४ मगराइनाबाट पक्राउ गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया