मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न भएको मिस वल्र्ड पेजन्ट २०१९मा आफूले महत्वपूर्ण विषयलाई उठाएको बताउनुभएको छ ।
उहाँले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजन्टमा गरेक प्रतिवद्धताहरु पुरा गर्ने समेत बताउनुभयो । उहाँले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको बताउनुभयो । त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उहाँले बताउनुभयो । मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षकहरु ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्राप्त गर्न सकेको भन्दै आफूले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताउनुभयो । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्प्रधिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल हुनभएको छ ।
उहाँले नेपालले हरेक वर्ष महत्वपूर्ण उपाधि हासिल गर्र्दै गएको बताउँदै यसलाई सफलता मान्नुपर्ने बताउनुभयो । गत वर्षपनि मिस नेपाल वल्र्ड २०१८ श्रीङ्खला खतिवडाले पनि ‘मल्टि मिडिया अवार्ड’ सहित ‘ब्युटीविथ अ प्रपोस’ अवार्ड प्राप्त गर्नुभएको थियो । नेपालले सन १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया