यी हुन् ओली र प्रचण्डका सभामुखका उम्मेदवार

काठमाडौं। नयाँ सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ–आफ्नै अडान राखेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वसंसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र उपसभामुख शिवमाया तुम्बाहाम्फेमध्ये एक जना र अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई बनाउनुपर्ने अडान लिएका छन् ।
पार्टी एकता हुनुपूर्वको सहमतिअनुसार पूर्वमाओवादीले सभामुख पद लिएकाले सोही आधारमा पूर्वमाओवादीहरूले सभामुख पदमा अडान लिन प्रचण्डलाई सल्लाह दिएको बुझिएको छ।

ओलीले भने एकीकरणपूर्वको सहमतिभन्दा पनि नयाँ परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने तर्क लिएका छन् । तर, पूर्वमाओवादी समूहले अडान कायमै राखिरहेको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई बनाउने तयारी भइरहेको ओलीनिकट एक नेताले बताउँदै उनलाई नै सभामुख बनाउन दबाब बढेको दाबी गरे।

यस्तै उपसभामुख कुन दलबाट बनाउने भन्ने चर्चा शुरू भएको छ।उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएसँगै यही पुस ११ गतेदेखि नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ। नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?