काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लाभांश वितरण गर्ने भएको छ । नेप्सेले लाभांश प्रस्ताव अनुमोदनका लागि वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेले आफ्नो ३८ औँ साधारण सभा यहि पुस २९ गतेका लागि बोलाएको हाे । नेप्सेले साधारण सभा पश्चात ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेप्सेमा सरकारको तर्फबाट ५८ दशमलव ६६ प्रतिशत लगानी रहेको छ । भने राष्ट्र बैंकको १६ दशमलव ६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत तथा प्रभु र लक्ष्मी बैंकको ५/५ प्रतिशत लगानी रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ६ दशमलव १२ प्रतिशत र ब्रोकरसहित अन्यको शुन्य दशमलव ६२ प्रतिशत शेयर हिस्सा छ।
हाल नेप्सेको चुक्ता पुँजी ५० करोड रूपैंयाँ रहेको छ । जसमध्येबाट लगानीकर्ताहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्न लागेको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया